काेशी प्रदेशमा अलैंची भन्दा महङ्गीयाे चिराइताेकाे मुल्य : प्रतिमन ४० हजार रूपैया पुग्याे
ताप्लेजजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ ।
भारत निर्यात हुँदै चिराइतो झापामा पुर्याउँदा प्रतिमन रु ३८ हजारदेखि र...












