झापामा आठ महिने बालककाे भुइमा पछारेर हत्या : आमा र अर्का पुरुष पक्राउ
झापा । झापामा आठ महिनाका बालकको हत्या भएको छ।हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पछार्दा तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच ...












