आन्दोलनले बीपी प्रतिष्ठानको सेवा ठप्प, मेयरले लगाए ताला
धरान । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा फेरि ठप्प भएको छ । आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य भएका छन् ।
प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएक...












