पाँचथरकाे गाउँ – गाउँमा सडक जाेडिएपछि उत्पादनले बजार पाउदै , कृषकहरू लाभान्वित
पाँचथर । गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न हुनुहुन्छ । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उहाँ बताउनुहुन्छ । उत्पाददित सागसब्जी बजार पु¥याउन सकिएको अधिकारीको भनाइ छ ।
“यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्थ्यो । बूढापाकालाई त पाँच घण्टासम्म लाग्थ्यो”, सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस ...












