आजकाे माैसम : काेशी प्रदेशमा हावाहुरी सहित वर्षा, सचेत रहन आग्रह
इटहरी । नेपालमा अहिले मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अझै केहि दिन वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भाव...












