खाेटाङमा शिलन्यास गरेकाे १० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन
खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो। निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षपछि सञ्चालनमा ल्याइएको हो ।तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको म...










