जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार , अवस्था सामान्य

जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार , अवस्था सामान्य
मोरङ । भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु ...

अस्पतालले मृत घाेषणा गरी १५ घण्टा शवगृहमा राखेका इनरूवाका प्रताप जिवितै भेटिएपछि…

अस्पतालले मृत घाेषणा गरी १५ घण्टा शवगृहमा राखेका इनरूवाका प्रताप जिवितै भेटिएपछि…
इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक युवक जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्र समेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित भेटिएका हुन् ।इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवा...

इटहरीका सरकारी विद्यालयमा नेपालमै पहिलो पटक मेन्यु सहितको दिवा खाजा सुरु

इटहरीका सरकारी विद्यालयमा नेपालमै पहिलो पटक मेन्यु सहितको दिवा खाजा सुरु
इटहरी । इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई आज देखि दिवा खाजामा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आज देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात ...

सुनसरीमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

सुनसरीमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन
इटहरी । सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समीक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरि...

कोशीका पहिचानवादीलाई एमालेको आग्रह : मध्यपहाडी समृद्धि यात्रामा अवरोध नगर्नू

कोशीका पहिचानवादीलाई एमालेको आग्रह : मध्यपहाडी समृद्धि यात्रामा अवरोध नगर्नू
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा एमालेको कोशी प्रदेश कमिटीले मध्यपहाडी लोकमार्गमा गर्दै आएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानवादीहरूलाई आग्रह गरेको छ।विराटनगरमा प्रदेशको प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गर्दै एमालेले कोशी नामकरणसँग असन्तुष्ट पक्षलाई आफूहरुको अभियानमा अवरोध नगर्न भनेको हो। मंसिर १४ गतेदेखि सुरु भएको अभियान मंसिर २६ गतेबाट कोशी प्रदे...

अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा, राज्य उदासीन

अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा, राज्य उदासीन
झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अ...

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न काेशी सरकारकाे निर्देशन

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न काेशी सरकारकाे निर्देशन
इटहरी । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । प्रदेश वन निर्देशनालय, धरानद्वारा आयोजित सो कार्यक्रममा मन्त्रालयअन्तर्गतका वन निर्देशनालय, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन कार्यालय धनकुटा र ओखलढुङ्गा, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, वन अनुसन्धान तथा प्रशिक्षण क...

ओखलढुङ्गाकाे पुरानाे कारागारमा कैदीबन्दीकाे भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गाकाे पुरानाे कारागारमा कैदीबन्दीकाे भीड, नयाँ पक्की भवन रित्तै
ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै पुरानो भएकाले भवन जोखिमयुक्त छ । पुरानो भवनसँगैको महिला बन्दीका लागि बनाइएको सु...

ताप्लेजुङकाे फुङ्लिङमा आगलागी , घर बाहेक ५ लाखकाे क्षती

ताप्लेजुङकाे फुङ्लिङमा आगलागी , घर बाहेक ५ लाखकाे क्षती
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा घर बाहेक पाँच लाख बराबरको क्षति भएको छ। सदरमुकामस्थित बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए। फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र न...

उदयपुरमा भूमिहीनका लागि धमाधम जग्गाको नापजाँच हुँदै , पाउलान त भुमिहीनले जग्गा ?

उदयपुरमा भूमिहीनका लागि धमाधम जग्गाको नापजाँच हुँदै , पाउलान त भुमिहीनले जग्गा ?
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले बताए । यस पटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्...
trusted online casino malaysia