राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई
मङ्गलबारे । इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका-३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त गर्यो । दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त गर्यो । छ स्वर्ण, छ रजत र १० कास्य पदकसहि...












