करेण्ट लागेर मर्यो कोशी टप्पुको मकुना
इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती मृत भेटिएको छ । मकुना आज विहान मृत भेटिएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले मकुना मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले करेण्ट लागेर हात्ती मरेको बताए । रामका अनुसार आरक्ष छेउको धानबारीमा हात्ती मृत भेटिएको हो । उनका अनुसार चरणको क्रममा धानबारीमा लगाइएको करेण्ट लागेर मकुनाको ज्यान गएको हो ।
आरक्षका प्...












