चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित

चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित
इटहरी । केही दिनदेखि बढेको चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण इटहरी लगायत सुनसरीका बिभिन्न सहरका जनजिवन प्रभावित बनेका हुन ।मंगलबार माैसम खुल्ला रहेपनि चलेकाे चिसाे हावाका कारण जिल्लाकाे जनजिवन प्रभावित बनेकाे हाे । चिसोका कारण इटहरी, धरान, बराहक्षेत्र, इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, हरिनगर, देवागञ्जल...

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
सुनसरी । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए । दैनिक रुपमा म...

मेयर साम्पाङसँग कड्किए उपमेयर बेघा : जसले बोक्यो उसकै टाउकोमा दिसा–पिसाव नगर्नुस्

मेयर साम्पाङसँग कड्किए उपमेयर बेघा : जसले बोक्यो उसकै टाउकोमा दिसा–पिसाव नगर्नुस्
सुनसरी । धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की परेको छ । मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्रविक्रम बेघाका विषयमा बोलिएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेको विषयमा वादविवाद भएको हो । विगतका बैठकहरुमा शान्त देखिने धरानका उपमेयर बेघा कार्यपालिका बैठकमा भने जङ्गिदै प्रस्तुत भए । कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग नि...

साेलुमा आठ महिना भित्र चारवटा स्काभेटरमा आगजनी : पाँच जना पक्राउ ,एकजना फरार

साेलुमा आठ महिना भित्र चारवटा स्काभेटरमा आगजनी : पाँच जना पक्राउ ,एकजना फरार
सोलुखुम्बु । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति ...

झापामा दुर्घटना : दुईको मृत्यु, आठ जना घाइते

झापामा दुर्घटना : दुईको मृत्यु, आठ जना घाइते
झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु...

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती, स्थानिय सचेत नहुदा जाेखिम बढयाे

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती, स्थानिय सचेत नहुदा जाेखिम बढयाे
झापा । जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेका छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेला भन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको समीप जान हुँदैन । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । ‘...

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द
सल्लेरी । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरप...

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक
इटहरी । मातृ वियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो । शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्का स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षे...

व्यावसायिक मौरीपालनमा आकर्षित हुदै राेङका किसान

व्यावसायिक मौरीपालनमा आकर्षित हुदै राेङका किसान
इलाम । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौं सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ । रोङ–१ शिरिसेका पदम राईले आठवटा आधुनिक घार र १७ वटा पर...

अधिकृत नहुँदा खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

अधिकृत नहुँदा खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध
खोटाङ । गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐंसेलुखर्कको गत मंसिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो । अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका ...
trusted online casino malaysia