शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना
पाँचथर । अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् ।
कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उहाँका श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले रु दुई लाख ५० हजारक...












