कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, पाँचजना मन्त्री थपिने

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, पाँचजना मन्त्री थपिने
इटहरी । कोशी प्रदेशमा सरकार गठनको चार महिनापछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्तागठबन्धनमा भागबन्डा मिलेपछि कोशी प्रदेशमा आज पाँचजना मन्त्री थपिँदै छन्। शुक्रबार ४ बजे मन्त्री नियुक्त हुने सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए। उनका अनुसार कांग्रेसबाट एक राज्यमन्त्रीसहित तीनजना र माओवादी दुईजना मन्त्री आज थपिँदै छन्। कांग्रेसबाट प्रदीप सु...

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि बार्ता

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि बार्ता
इटहरी । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज (शुक्रबार) पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्टी जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि बार्ता हुन लागेको हो । असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो । हिजोको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता...

आजकाे माैसम : तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

आजकाे माैसम : तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शुक्रबार) दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति गण्डकी र कोशी प्रद...

दूधकोशीको पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

दूधकोशीको पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती
सुनसरी । छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन, स्थानीय उत्पादनलाई बजार पुर्‍याउन कठिन भएको स्थानीयको गुनासो छ । स्थ...

रंगेली छोटी भन्सार : चिरिचट्ट भवन छ, २०६८ सालदेखि छैनन् कर्मचारी, गुम्दै राजश्व

रंगेली छोटी भन्सार : चिरिचट्ट भवन छ, २०६८ सालदेखि छैनन् कर्मचारी, गुम्दै राजश्व
मोरङ । मोरङको रंगेली छोटी भन्सार कार्यालय २०६८ सालदेखि कर्मचारीबिहीन छ । भन्सारमा कर्मचारी नभएपछि दैनिक संकलन हुने २० औँ हजार राजश्व गुमिरहेको छ । कर्मचारीका लागि भवन अभाव भएको र पुरानो भवन पनि जिर्ण बनेपछि ४ वर्षअघि आवाससहितको नयाँ भवन निर्माण गरिएको छ । भन्सार कार्यालयको ४ कट्ठा जग्गामा व्यवस्थित संरचनाहरू छन् तर कर्मचारी छैनन् । सीमावर्ती क्षेत्रमा रहेको सबैभन्दा जेठो भन्सार कार्यालय हो र...

आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री कार्की

आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री कार्की
विराटनगर । आफैले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की अझै थप्छन...

खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

खुल्न थाले तमोर करिडोरमा नयाँ होटल
धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी...

पठनपाठन नियमित गर्न माग गर्दै बिपीका विद्यार्थीले थाले अनशन

पठनपाठन नियमित गर्न माग गर्दै बिपीका विद्यार्थीले थाले अनशन
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चाल...

चैतअघि नै प्रहरी समायोजन हुने प्रधानमन्त्रीको प्रतिवद्धता छ : मुख्यमन्त्री कार्की

चैतअघि नै प्रहरी समायोजन हुने प्रधानमन्त्रीको प्रतिवद्धता छ : मुख्यमन्त्री कार्की
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैत्रअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताएका छन् बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश मुख्यमन्त्रीसँग परिषद्को तेस्रो बैठकमा प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत ऐन लगायतका प्रदेशसँग सम्बन्धित केही ...

कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की
इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘सरकारले प्रदेशको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ ।’ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चार दिने वार्षि...
trusted online casino malaysia