काँकडभिट्टा – लाैकही चारलेन सडक : सडक बिभागलाइ रूख काट्नै हताराे
इटहरी । पूर्वपश्चिम राजमार्ग विस्तार गर्न झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ ।
सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कनको काम सुरु भएको छ ।
डिभिजन कार्यालय झापा र अन्तर्गतका निकायले सडकका रुखमा टाँचा लगाउने काम थालेको छ । सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गम...












