इनरुवाका पुरुष कोशी अस्पतालको शौचालयमा मृत भेटिए
इनरुवा ५ घर भई इनरुवा ३ बस्दै आएका ६१ वर्षिय होमराज पोखरेल कोशी अस्पताल बिराटनगरको शौचालयमा मृत भेटिएका छन ।अस्पतालको ओपिडी भवनको शौचालमा घोप्टो परेको अवस्था उनको शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका पोखरेलको परिचय उनीसँगै साथमा रहेको पूर्जाका आधारमा खुलेको हो ।
मोरङ प्रहरीले दिएको जानकारी अनुसार मृतकको साथमा जिल्ला अस्पताल इनरुवाको ओपिडी पूर्जा भेटिएको छ ।प्रहरीले मृत भेटिएका व्यक्ति इनर...







