कोशीका मुख्यमन्त्री थापा पदमुक्त : एमालेका कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो।न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पु¥याएपछि एमाले संसदीय दलका नेता हिक्मत का...











