कारागार बसेकाे ७ महिनापछि तरहराका लालबहादुरले पाए न्याय, घर परिवारमा खुशियाली
इटहरी । अवैध वित्तीय काराेवार गरेको अभियोग सहित विगत सात महिनादेखि कारागारमा कैद जीवन बिताइरहेका तरहराका लालबहादुर बिक अन्ततः ७ महिना पछि हिरासत मुक्त बनेका छन् । जिल्ला अदालत सुनसरीको फैसलालाई उल्टाउँदै उच्च अदालत विराटनगरले उनलाई न्याय दिएको हो ।फैसला उल्टाएसङै तरहराका लालबहादुर अब हिरासत मुक्त हुने भएका छन् । तरहराको सिंहदेवी ज्वेलर्शमा सामान्य कालिगडको रूपमा कार्यरत लालबहादुर निर्दोष रहेको उजु...












