कोशी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका सांसदले समेत विश्वासको मत दिनुलाई सर्वोच्च अदालतले नेपालको संविधान, संसदीय अभ्यास र संवैधानिक नैतिकताको प्रतिकूल देखिएको जनाएको छ ।
सर्वोच्च अदालतले यो मुद्दाको टुंगो नलागेसम्म थापा नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रदेश सभाको...











