प्रयोगमा आएन भोजपुरको १४ करोड लागतको सुविधा सम्पन्न रङ्गशाला
भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रङ्गशाला बनेपछि सहजता होला भनिए ...












