कोशी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

कोशी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका सांसदले समेत विश्वासको मत दिनुलाई सर्वोच्च अदालतले नेपालको संविधान, संसदीय अभ्यास र संवैधानिक नैतिकताको प्रतिकूल देखिएको जनाएको छ । सर्वोच्च अदालतले यो मुद्दाको टुंगो नलागेसम्म थापा नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रदेश सभाको...

कोशीका मुख्यमन्त्री थपााविरुद्धको रिटमा आज सुनवाइ हुने

कोशीका मुख्यमन्त्री थपााविरुद्धको रिटमा आज सुनवाइ हुने
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो (बुधबार) दायर गरेको रिटमा आज सुनवाई हुँदैछ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो । कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका...

कोशीका मुख्यमन्त्री थापाविरुद्ध एमाले दोस्रो पटक सर्वोच्चमा, प्रदेशसभा बहिष्कार

कोशीका मुख्यमन्त्री थापाविरुद्ध एमाले दोस्रो पटक सर्वोच्चमा, प्रदेशसभा बहिष्कार
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका इसराइल मन्सुरीले पनि मत दिएपछि त्यसविरुद्धको रिट लिएर एमाले नेताहरू सर्वोच्च अदालतमा पुगेका छन् । कोशी प्रदेशस्थित एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरूले सर्वोच्चमा रिट दिएको र दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिएका छन् । एमालेले मुख्यमन्त्री थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर...

अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाखमा बिक्री, डाक्टरसहित ६ जना पक्राउ

अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाखमा बिक्री, डाक्टरसहित ६ जना पक्राउ
मोरङ । मोरङको विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलासा भएको छ । अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले सात लाख रुपैयाँ दिएको खुलेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा. कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी छिन...

काेशी प्रदेश : विश्वासको मत विरुद्ध एमाले फेरि सर्वाेच्च जाने

काेशी प्रदेश : विश्वासको मत विरुद्ध एमाले फेरि सर्वाेच्च जाने
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ । संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले सर्वाेच्च जाने भएको हो । प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । मंगलबार विराटनगर...

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा । झापाकाे बिर्तामोडबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- ३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेज बहादुर राई र सोही ठाउँका ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मङ्गलवार साँझ साढे ५ बजे बिर्तामोड -४ स्थित नयाँ बिजुली अफिस छेउ नजिकै सुरेश अग्रवालको घर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको हो ।लागु औषध नियन्त्रण ब्...

चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिरोको उच्च जोखिम

चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिरोको उच्च जोखिम
उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिरोको उच्च जोखिममा परेको हो । ‘माथि खनेको ढुङ्गा सम...

आजकाे माैसम : काेशी प्रदेशमा हल्का देखि मध्यम वर्षा , ५ प्रदेशमा भारी वर्षा हुने

आजकाे माैसम :  काेशी प्रदेशमा हल्का देखि मध्यम वर्षा , ५ प्रदेशमा भारी वर्षा हुने
इटहरी । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । त्यस्तै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (बुधबार) दिउँसो देशभर सामान्य बदल...

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, अध्यक्षता गरेका मन्सुरले पनि हाले भोट

कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, अध्यक्षता गरेका मन्सुरले पनि हाले भोट
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज (सोमबार) प्रदेशसभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले राखेको ‘विश्वासको मत दिइयोस्’ भन्ने प्रस्तावको पक्षमा ४७ जना प्रदेशसभा सदस्यले मत दिए । यस्तै, विपक्षमा ३० मत परेको छ । विश्वासको मत प्रयोजनका लागि ७७ जना उपस्थित भएका थिए। बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्रा...

संखुवासभा कैदी हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

संखुवासभा कैदी हत्या प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता
संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रह...
trusted online casino malaysia