५ जना विदेशी यात्रु बाेकेर साेलुबाट उडेकाे मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
साेलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए।












