कोशीको नयाँ सरकार र सभामुख गौतमविरुद्ध सर्वोच्च पुग्यो एमाले
इटहरी । कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।कोशीका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो । रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको त...












