त्रियुगाका तत्कालीन मेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा उनीहरुले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रियुगा नगरपालिक...












