अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना, विजुली उत्पादन ठप्प
ताप्लेजुङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनर्निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सीमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र वि...












