डेँगी सम्बन्धि अभिमुखिकरण

डेँगी सम्बन्धि अभिमुखिकरण
इनरुवा। डेँगी रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरु सङ्ग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना विषय बस्तु सम्बन्धि पालिका अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य शाखाका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको थियो। उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थय कार्यालय सुनसरीक...

तरहरा सहित आसपासका क्षेत्रमा भारी वर्षा

तरहरा सहित आसपासका क्षेत्रमा भारी वर्षा
सुनसरी । सुनसरीको तरहरा सहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो। पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ। पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२ दशमलव चार मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्...

प्रतिबन्धित लागु औषध सहित ६ जना पक्राउ

प्रतिबन्धित लागु औषध सहित ६ जना पक्राउ
विराटनगर। मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले Nitrazepam Tablet -१०० चक्की सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रह...

पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम

पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम
मोरङ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।महाशाखाले बुधबार बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको हो । आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । ठूला नदीहरुमा बाढीको जोखि...

झापा र मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ

झापा र मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ
विराटनगर। झापा र मोरङबाट लागुऔषध सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । असोज १४ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लावारी नगरपालिका-३ का २८ बर्षीय सनम धिमाललाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ का २१ बर्षीय राहुल ठ...

आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना

आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना
काठमाडौं । कोशी देखि गण्डकी प्रदेश सम्मका जिल्लाहरुमा आगामी बुधबारबाट वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेस सहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटि...

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो
इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ भने आवतजावतमा समेत रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सुचना जारीगरि सो जानकारी गराएको हो। आज दिउँसो ४ बजे देखि अर्को सुचना नआउन्जेल सम्म पुर्ण रुपमा रोक लगाएको हो। लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो। पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ । कोशी ब्यारेजका सबै ढाेका खाे...

ब्यारेजको ५६ वटै ढोका खोलियो

ब्यारेजको ५६ वटै ढोका खोलियो
इनरुवा। कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो । शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ ।बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ...

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा
इनरुवा। ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो। ६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र पहिचानको विषयमा उल्लेख गरिएको छ। नेपाल सरकार तथा सम्बन्धित निकायले सीप मुलक तालिमका लागि वर्षेनी ...
trusted online casino malaysia