दुर्गा प्रसाईद्वारा थप कडा आन्दोलन घोषणा : राँके जुलुसदेखि नेपाल बन्दसम्म
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । आज (बिहीबार) काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।
उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरू, सर्वहारा वर्गहरू, फुटपाथमा व्यापार गर्नेहरू जम्मा गरी माइतीघर मण्डलाबाट जुलुस ल्याइ बानेश्वर चोकमा कोणसभा गर्ने, चैत्र...












