इजरायल–प्यालेस्टिन द्वन्द्व : मृत्तकको संख्या १५ सय नाघ्यो

इजरायल–प्यालेस्टिन द्वन्द्व : मृत्तकको संख्या १५ सय नाघ्यो
एजेन्सी। इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ । इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएका समाचारमा उल्लेख छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थ...

हमासले आक्रमण गरेको संगीत महोत्सवस्थलमा भेटिए २६० शव

हमासले आक्रमण गरेको संगीत महोत्सवस्थलमा भेटिए २६० शव
एजेन्सी । दक्षिणी इजरायलको मरुभूमिको एक संगीत महोत्सवमा हमासले आक्रमण गर्दा कम्तिमा २६० जनाको मृत्यु भएको छ । इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकै पटक कम्तीमा २६० जनाको शव निकालेका हुन् । राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली उद्धार ...

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार विक्षिप्त

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार विक्षिप्त
कञ्चनपुर । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो । शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा सुर्ताएकी छन् । ‘छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, उ कस्तो अवस्थामा छ ? केही थाहा छैन’, पदमाले भनिन्, ‘चाँडोभन्दा चाँडो छो...

इजरायल, प्यालेस्टाइन र हमास : किन हुन्छ पटक पटक युद्ध ? यस्तो छ दशकौंदेखि जारी संघर्षको जड

इजरायल, प्यालेस्टाइन र हमास : किन हुन्छ पटक पटक युद्ध ? यस्तो छ दशकौंदेखि जारी संघर्षको जड
एजेन्सी । प्यालेस्टाइनस्थित हमास चरमपन्थीहरुले शनिबार बिहान इजरायलमा आश्चर्यजनक आक्रमण गरेसँगै इजरायलले समेत गाजापट्टीमा गरिरहेको प्रत्याक्रमणमा सयौँ जनाको ज्यान गइसकेको छ भने कैयन् घाइते बनेका छन् । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुकेा समेत निधन भैसकेको छ । इजरायली बमवर्षक विमानले खसालेका बमले प्यालेस्टाइनी इलाकामा गगनचुम्बी भवनहरु समेत धुलिसाद भैरहेका भिडियोहरु अनलाइनमा छाइरहेका छन् ।...

हमासले छोरी अपहरण गरेको भिडियो देखेपछि जर्मन आमाको हारगुहार

हमासले छोरी अपहरण गरेको भिडियो देखेपछि जर्मन आमाको हारगुहार
बर्लिन । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शानीबार गरेको आक्रमणपछि बेपत्ता भएकी छोरीको बारेमा जानकारीका लागि एक जर्मन आमाले अपिल गरेकी छन् । इजरायलमा गाजा पट्टी नजिकै आयोजना भइरहेको संगीत महोत्सवमा हमासका चरमपन्थीहरूले आक्रमण गरी उनलाई अपहरण गरेका थिए । त्यसपछि गाजाको सडकमा पिकअप ट्रकमा राखेर परेड गराइएको थियो । शानी लुक एक जर्मन पर्यटक हुन् जो महोत्सवमा उपस्थित थिइन् । जब चरमपन्थीहरूले आक्...

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका अनलाइन रजिस्ट्रेशनको व्यवस्था

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका अनलाइन रजिस्ट्रेशनको व्यवस्था
काठमाडौँ । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । यसको लागि दूतावासको वेबसाइट हेर्न भनिएको छ । अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रिया...

इजरायल युद्ध : १२ नेपाली सम्पर्कविहीन, एक जना आईसीयूमा

इजरायल युद्ध : १२ नेपाली सम्पर्कविहीन, एक जना आईसीयूमा
काठमाडौं । इजरायल–हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ नेपालीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूको खोजी जारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् । इजरायलको दक्षिणी भेगमा रहेको किबुज अलुमिनमा १७ जना नेपाली विद्यार्थी बस्थे । तीमध्ये ५ जना हमासले उक्त क्षेत्रमा गरेको आक्रमणमा परी घाइते भएका छन् । दुई जना बंकरभित्रै रहेका र तीन जनाको ...

इजरायलमा हमासको आक्रमण : एनआरएनएको भर्त्सना, सम्पर्कविहीन नेपालीको खोजी गर्दै

इजरायलमा हमासको आक्रमण : एनआरएनएको भर्त्सना, सम्पर्कविहीन नेपालीको खोजी गर्दै
काठमाडौं । इजरायलमा भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली सङ्घले घोर भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो । ‘गैरआवासीय नेपाली सङ्घ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘...

इजरायलमा हमासको आक्रमण : २३२ बढीको मृत्यु, १६ सय भन्दा धेरै घाइते

इजरायलमा हमासको आक्रमण : २३२ बढीको मृत्यु, १६ सय भन्दा धेरै घाइते
काठमाडौँ । इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा ज्ञभएको गोलाबारीमा २३२ बढीको ज्यान गएको छ । दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परी ७ सय भन्दा धेरै इजरायली नागरिक घाइते भएका छन् । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो । आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन् । घटनामा नौ नेप...

सिक्किम बाढी : ज्यान गुमाउनेकाे संख्या ४० पुग्यो

सिक्किम बाढी : ज्यान गुमाउनेकाे संख्या ४० पुग्यो
काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतीय सेनाले बाढीमा फसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ । उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो । जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका ...
trusted online casino malaysia