भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप
नयाँ दिल्ली। भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ। भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो। भारतीय सेनाका अनुसार भारत-चीन सीमास्थित गलवान घाटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो। दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना...












