बङ्गलादेशमा प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १९
आरक्षण सम्बन्धी विरोध प्रदर्शनको क्रममा बङ्गलादेशमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन् । सरकारी जागिरमा आरक्षणको व्यवस्था सम्बन्धी देशभर जारी विरोध प्रदर्शन थप तीव्र बन्दै गएको बीबीसीले जनाएको छ ।प्रदर्शनका कारण देशभरको इन्टरनेट सेवा ठप्प छ भने विद्यालय र विश्वविद्यालयहरू अनिश्चितकालका लागि बन्दं गरिएका छन् । सरकारी जागिरमा आरक्षणको व्यवस्था अन्त्य गर्नुपर्ने...












