संघले सोध्यो– कर किन बढाएको ?

संघले सोध्यो– कर किन बढाएको ?
काठमाडौँ,  ४ भदौ । स्थानीय तहले मनलागी कर बढाएको गुनासोपछि संघीय सरकारले चासो राखेको छ । उसले ७ सय ५३ स्थानीय तहसँग कर वृद्धिसम्बन्धी विस्तृत विवरण मागेको छ ।करमा विकृति बढेको गुनासोपछि उच्चस्तरीय अध्ययन समिति बनाएर अध्ययन थालिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया संयोजकत्वमा समिति बनेको छ । समितिमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र राष्ट्रिय प्...

कुखुरा आयातमा पनि २ रुपैयाँ कर

कुखुरा आयातमा पनि २ रुपैयाँ कर
बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ ।नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाइ लिने होईन । जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भने । आजकोकान्तिपुरदैनिकमा यो खबर छ ।

विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च !

विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च !
मन्त्रीकै घरभाडामा ८१ लाख, पानी र बिजुलीमा साढे ३ करोड, टेलिफोन र इन्टरनेटको बिल ८८ लाख, मसलन्द र पर्दा–कार्पेटमा २ करोड, फर्निचरमा १ करोड ९० लाख र मर्मतमा १ करोड १० लाखदेशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, ...

निगमले बढायो तेलको भाउ

निगमले बढायो तेलको भाउ
आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

सामाजिक सेवाको सिफारिश निःशुल्क : चन्द्रागिरि नगरपालिका

सामाजिक सेवाको सिफारिश निःशुल्क : चन्द्रागिरि नगरपालिका
काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्गतका सबै १५...

खाडीको कमाइ तस्करलाई: दुई करोडभन्दा धेरै रुपैयाँ हुन्डी कारोबार गरेको प्रमाण फेला

खाडीको कमाइ तस्करलाई: दुई करोडभन्दा धेरै रुपैयाँ हुन्डी कारोबार गरेको प्रमाण फेला
काठमाडौँ, ३ भदौ । पाँच वर्ष दुबईमा पसिना बगाएर कमाएको पैसा गुमाउनुपर्दा कृष्ण घले तनावमा छन् । लमजुङको दोर्दी गाउँपालिका ४ का उनले दुबईमा सँगै काम गरेका सफलराज कुँवरको भर परेर मकाउ जाने सपनामा झन्डै सात लाख रुपैयाँ बुझाए । गाउँका ४ जना साथीसँग पनि जनही ६ लाख ७५ हजारका दरले एकमुष्ट साढे २६ लाख रुपैयाँ संकलन गरेर सफलले भनेको मान्छेलाई दिए। तर न उनी मकाउ जान पाए न त उनका साथी। यति बेला कृष्ण फ...

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो
काठमाडौं / भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ । पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्...

इन्धन किन्दा भारत जान्छ वर्षमा १५२ अर्ब, सरकारले जनतासँग उठाउँछ थप ५५ अर्ब

इन्धन किन्दा भारत जान्छ वर्षमा १५२ अर्ब, सरकारले जनतासँग उठाउँछ थप ५५ अर्ब
काठमाडौं / स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो । नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ...

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा, कर मात्रै ५५ अर्ब

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा, कर मात्रै ५५ अर्ब
काठमाडौं । सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो ।नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ । निगमले गत आर्थिक वर्ष ०७३/७४ मा २ खर्बभन्दा बढीको इन्धन कारोबार गरेको ...

कर छली : चार अर्ब बिगो माग

कर छली : चार अर्ब बिगो माग
काठमाडौं, १ । भदौ  सरकारले चार अर्ब एक करोड ३६ लाख राजस्व अपलचन गरेको अभियोगमा तीनवटा फमलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका फममध्ये शिव इन्टरप्राइजेज र मण्डला इन्टरप्राइजेजबिरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरिएको छ भने हिमालयन कार्गोको मुद्दा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदै छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले हिमालय कार्गोबाट दुई अर्ब ७२ कर...
trusted online casino malaysia