अब पटक–पटक सडक भत्काउन दिइँदैन : मन्त्री पण्डित
काठमाडौँ, १७ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले अब पटक–पटक सडक भत्काउन नदिने बताएका छन् । पटक–पटक सडक भत्काउँदा काठमाडौंमा प्रदूषणको मात्रा बढेको भन्दै सबै संयन्त्रलाई एकीकृत गर्दै एक साथ काम गर्ने रणनीति बनाउन सुरु गरेको उनले बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘कहिले सडक, कहिले विद्युत्, कहिले दूरसञ्चार र कहिले ढलले सडक भत्काइरहेका छन्,’ बुधबार कान्तिपुरसित कुरा ...












