अर्थ मन्त्रालयले ७० करोड नदिँदा हुलाकी सडक अलपत्र

अर्थ मन्त्रालयले ७० करोड नदिँदा हुलाकी सडक अलपत्र
काठमाडौं, ९ फागुन । अर्थ मन्त्रालयले सुनिश्चित गरेको ७० करोड रुपैयाँ नदिएपछि हुलाकी सडक निर्माण सुस्त भएको छ । राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको हुलाकी सडक निर्माणमा अर्थले पैसा नदिँदा ढिलाइ भएको हो । अर्थले रकम दिने सुनिश्चित गरेपछि ११ वटा सडकको ठेक्का भइसकेको हुलाकी सडक निर्देशनालयले जनाएको छ । ठेक्का भइसके पनि ‘मोबिलाइजेसन’ बापत रकम ठेकेदार कम्पनीले नपाएका कारण काम सुरु हुन सकेको छैन् । ठे...

कहिले पुग्ला हुम्ला र डोल्पामा गाडी ?

कहिले पुग्ला हुम्ला र डोल्पामा गाडी ?
देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा भने अझै मोटरबाटो पुग्न सकेको छैन ।बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्‍याउने लक्ष्य राखिएको छ’ भन्न थालेको वर्षौैँ  बिते पनि यथार्थ भने भिन्न छ । अपर्याप्त बजेट, जटिल भौगोलिक बनोट र सुस्त निर्माणले अझै केही वर्ष गाडी हुइँकिन मुस्किल छ । हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले छारे–खार्...

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने
काठमाडौं, ८ फागुन । सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् । सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपम...

हाम्रै नेपालमा ! जहाँ धाराबाट दूध आउँछ

हाम्रै नेपालमा ! जहाँ धाराबाट दूध आउँछ
काठमाडौं, ८ फागुन । धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन–‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो। इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । २०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थि...

मानवअधिकार आयोगको नाममा अर्बौं गोलमाल

मानवअधिकार आयोगको नाममा अर्बौं गोलमाल
काठमाडौं, ७ फागुन । विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन । स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणका लागि अर्थसचिवलाई उपस्थित हुन निर्देशन...

चीनले माग्यो रेल प्रस्ताव

चीनले माग्यो रेल प्रस्ताव
काठमाडौं, फागुन ७ / चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रूपमा विस्तृत प्रस्ताव मागेको छ । वाम गठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भइरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो । नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नेपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ उच्च अधिकारीले खुलाएका हुन् । ‘हामीले प्राविधिक तथा भौगोलिक अध्ययन ग...

सेमेस्टर सिस्टम कि फि उठाउने सिस्टम ?

सेमेस्टर सिस्टम कि फि उठाउने सिस्टम ?
काठमाडौं / त्रिभुवन विश्वविद्यालय ले एउटै सेमेस्टरमा फरक फरक शुल्क लिएको पाइएको छ । स्नातरकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० शजार रुपैयाँ तोकिएको छ । सो रकम एकमुष्ठ भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ । विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० शुल्क तोकिएको छ । तर, अन्य क्याम्पसमा १० हजार ९ सय लिएको खुल्न आएको छ । यस बर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स...

एक घण्टासम्म अनलिमिटेड कुरा गर्न सकिने टेलिकमको ‘फ्रिडम प्याक’

एक घण्टासम्म अनलिमिटेड कुरा गर्न सकिने टेलिकमको ‘फ्रिडम प्याक’
६ फागुन, काठमाडौ। प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्...

बिनाभरपाइ त्यतिकै बाडीयाे १० लाख : सचिवहरुको भागाभाग

बिनाभरपाइ त्यतिकै बाडीयाे १० लाख : सचिवहरुको भागाभाग
काठमाडौं / सरकारले तोकेको वार्षिक सञ्चालन खर्च ४ लाखबाट बढाएर साविकका गाउँ विकास समितिका सचिवहरुले थप रकम खर्च गरेको खुलासा भएको छ । लेखापरीक्षणमा खर्चको बिल भरपाइ जुटाउन नसकेपछि सचिवहरुको भागाभाग भएको छ भने केही सचिवहरुले लेखा परीक्षणमा खटिई आउने मलेपका डोर टोलीलाई मिलाइसकेको बताउन थालेका छन् । मलेपका लागि खटिई आउने टोली सदस्य जगदीश घिमिरेले कसैले मिलाउन नसक्ने बताएका छन् । मलेपको नीति विपर...

हाई काडेर दिन बिताउँछन् सहकारी कर्मचारी

हाई काडेर दिन बिताउँछन् सहकारी कर्मचारी
सदरमुकाम मलंगास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन् । सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहिन बनेका हुन् । विभागले यसअघि हुँदै आएका कुनै काम नगर्नु नगराउनु भनेको छ, सोमबार कार्यालयमा त्यतिकै बसिरहेका नायबसुब्बा धनराज गिरीले भने, १० बजे आयो ५ बजायो अनि घर फ...
trusted online casino malaysia