निर्णयमा त्रुटि, बैठकमा चर्काचर्की: जब अर्थमन्त्री पाखुरा सुर्कंदै आए

निर्णयमा त्रुटि, बैठकमा चर्काचर्की: जब अर्थमन्त्री पाखुरा सुर्कंदै आए
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई दिँदै आएको सहयोगमा थप एक लाख दिने निर्णय गर्दा प्रक्रिया नमिलेको स्वीकारेका छन् ।‘भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिने निर्णय गर्दा त्रुटि भएकै हो’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति बैठकमा शुक्रबार उनले भने, ‘यो निर्णय आफ्नै अध्यक्षतामा गठन भएको निर्देशक समिति हुँदै मन्त्रिपरिषद्बाट अनुमोदन हुनुपथ्र्यो।’ बैठकमा द...

सांसदलाई थपिदै सुविधा: अब किस्तामा घडेरी पनि

सांसदलाई थपिदै सुविधा: अब किस्तामा घडेरी पनि
हेटौंडा । हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरुले पाउने सुविधा थपिँदै गएको छ । सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ । प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् । प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ । यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ । समाचारमा लेखिएको छ, साथै, सहुलियतमा...

प्रदेशमा तत्कालै तीन सय ३६ गाडी आवश्यक: कुन प्रदेशमा कति ?

हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउने, बाँकी प्रदेशमै व्यवस्थापन प्रदेश १ मा ५० गाडी आवश्यक, १३ वटा पठाउने तयारी  प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी प्रदेशअन्तर्गतका जिल्लाबाट व्यवस्थापन गर्नुपर्ने स्थिति रहेको प्रमुख सचिव यादव कोइरालाले बताए । अहिले प्रदेशमा एउटा पनि गाडी नभएको उनको भनाइ छ । ...

प्रदेशमा पूर्वाधार नबन्ने

प्रदेशमा पूर्वाधार नबन्ने
काठमाडौं, २६ माघ  । संघीयता खर्च व्यवस्थापन चुनौती बन्दै गएपछि प्रदेश राजधानीमा नयाँ निर्माणको काम तत्काल नगरिने भएको छ। हाल रहेका सरकारी संरचनामा प्रदेश सरकारको कार्यालय व्यवस्थापन गर्ने सोच अर्थ मन्त्रालयको छ। अर्थसचिव शंकरप्रसाद अधिकारीले प्रदेश राजधानीका लागि क्षेत्रीय, अञ्चल र जिल्ला कार्यालयका पूर्वाधार प्रयोगमा ल्याइने बताए। उनले भने, ‘यस्ता कार्यालय अहिले सबै ठाउँमा छन्। तिनीहरूलाई मर्म...

थप १४ करोड बाँड्दै देउवा

थप १४ करोड बाँड्दै देउवा
सत्ताबाट बहिर्गमनको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले थप आर्थिक सहायता वितरणको तयारी गरेका छन् । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लघंन गर्दै राज्यको ढुकुटीबाट प्रधानमन्त्री, मन्त्री र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई करिव १४ करोड रुपैयाँ बाँड्ने निर्णय गर्नेछ । आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई उपचार खर्चबापत सोझै अस्पताललाई बि...

विदेशी अपराधीको साढे तीन अर्ब संकटमा : बाटो लागिसके अपराधी

विदेशी अपराधीको साढे तीन अर्ब संकटमा : बाटो लागिसके अपराधी
काठमाडौं / अदालतको फैसलाअनुरूप अपराधमा संलग्न विदेशी नागरिकबाट जरिवानावापत असुल्नुपर्ने साढे तीन अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। जरिवानासँगै विदेशी अपराधीले भुक्तान गर्न बाँकी जेल सजाय वर्ष जोड्दा तीन सय वर्ष पुग्छ। अदालतबाट अन्तिम फैसला भए पनि स्पष्ट कानुन र अन्तरदेशीय सहयोगको अभावमा यस्तो विकराल समस्या उत्पन्न भएको छ । जरिवानाको चाङ काठमाडौं जिल्ला अदालतको तहसिल अभिलेखको ढड्डामा विदेशीब...

पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा कृषि बैज्ञानिक अभाब

पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा कृषि बैज्ञानिक अभाब
२५ माघ, इटहरी। पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र इटहरीले कृषि क्षेत्रमा प्रयाप्त कृषि बैज्ञानिकहरुको अभावले पूर्वी नेपालको कृषि क्षेत्रमा अपेक्षाकृत सुधार एवम नयाँ प्रविधि विकासमा योगदान दिन असफल बन्दै गई रहेकोे छ । पूर्वाञ्चलका सघन कृषि क्षेत्रका विषयमा उन्नत ढङ्गका अन्नवाली पशुपन्छी मत्स्य पालन तरकारी फलफूल लगायतका विषयको अध्ययन एवम अनुसन्धानसँगै उन्नत जातका कृषि उत्पादनको सिफारिस गर्न...

केरा खेतिप्रति सुनसरीका किसानहरुको आकर्षण बढ्दै

केरा खेतिप्रति सुनसरीका किसानहरुको आकर्षण बढ्दै
२५ माघ, इनरुवा। सुनसरीमा केरा खेतिबाट राम्रो आम्दानी नभएपनि केरा तर्फको आकर्षण भने नघटेको पाइएको छ। जिल्लामा केराबाट २ वर्ष यता खासै राम्रो आम्दानी नभएपनि केरा लगाउने क्षेत्रफल भने बढेको पाइएको छ । जिल्लामा १ दशक यता केरा व्यवसायिक रुपमा लगाउदै आएको किसानहरुले बताएका छन् । जिल्लाका करिव तीन हजार किसानले ७ सय हेक्टर क्षेत्रफलमा केरा खेति लागाउदै आएका छन । जिल्लामा केरा उत्पादकत्व ७ हजार ५ सय ८० ...

यस्तो छ एनसेलको भ्यालेन्टाइन अफर

यस्तो छ एनसेलको भ्यालेन्टाइन अफर
काठमाडौं, माघ २४ / एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने छ । असिमित भ्वाइस तथ...

महेन्द्रनगर चक्रघट्टीका स्थानीयवासीलाई स्वच्छ पिउने पानी प्राप्त

महेन्द्रनगर चक्रघट्टीका स्थानीयवासीलाई स्वच्छ पिउने पानी प्राप्त
२४ माघ, सुनसरी। जिल्लाको कान्छो बराह नगरपालिकाको महेन्द्रनगर चक्रघट्टीका स्थानीयवासीले लामो समयपछि अव स्वच्छ पिउने पानी प्राप्त गर्न थालेका छन । एशियाली विकास बैङ्कको ७० प्रतिसत तथा नगर विकास कोषको २५ प्रतिसत र स्थानीय उपभोक्ताको ५ प्रतिसत लगानीमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको हो । बाईस करोड रुपियाँको लागतमा बरह नगरपालिका वडा नम्वर ६, ७ र ८ महेन्द्रनगरका स्थानीयवासीकालागि आवश्यक ...
trusted online casino malaysia