पेचिलो बन्दै प्रदेश खर्च, आधार स्थानीय तह

पेचिलो बन्दै प्रदेश खर्च, आधार स्थानीय तह
स्रोत व्यवस्थापनको आधार काठमाडौं,२३ माघ । प्रदेश सरकार गठन प्रक्रिया अघि बढेसँगै त्यसको खर्च व्यवस्थापन र स्रोतको विषय पेचिलो बनेको छ। चालु आवको बजेटले प्रदेशका लागि वित्तीय हस्तान्तरणको व्यवस्था गरे पनि दीर्घकालमा प्रदेश आफ्नै आम्दानीमा उभिनुपर्ने बाध्यता छ। अर्थशास्त्री केशव आचार्य पनि प्रदेश सरकार आफ्नै खर्चमा चल्नुपर्ने तर्क गर्छन्। उनी भन्छन्, ‘खर्च व्यवस्थापन गर्न नसके मुलुक धराशयी हुन्...

११९ स्थानीय तहमा बैंक जान नसक्ने

११९ स्थानीय तहमा बैंक जान नसक्ने
काठमाडौं, २३ माघ । पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ। सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो। तर, कतिपय तहमा इन्टरनेट, विद्युत्, कार्यालय भवनलगायत पूर्वाधार अभावले बैंक स्थापना गर्न नसकिने भएको हो। एक सय १९ स्थानीय तहमा शाखा खोल्न नसक्ने बैंकहरूले राष्ट्रबैंकलाई जानकारी ...

लुम्बिनी घुम्न आउने पर्यटक सुनौली नाकामा हैरानी खेप्छन्

लुम्बिनी घुम्न आउने पर्यटक सुनौली नाकामा हैरानी खेप्छन्
काठमाडौं,२३ माघ । भारतको बाटो भएर लुम्बिनी घुम्न आउने पर्यटकहरुले सुनौली नाकामा हैरानी खेप्नु परिरहेको भारतीय पर्यटन व्यवसायीहरुले बताएका छन ।सुनौली नाका भएर नेपाल भित्रिने सयौं मालवाहक गाडी रोकिदा हुने ट्राफिक जामका कारण पर्यटकहरुलाई आवागमनमा समस्या पर्ने गरेको उनीहरुले बताएका छन् । सुदुरपश्चिमका गन्तव्य प्रर्वद्धन गर्नका लागी नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एण्ड एजेन्ट (नाटा) ले...

तस्करीको माध्यमबाट आपुर्ती

तस्करीको माध्यमबाट आपुर्ती
२२ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा रहेका अधिकांश खुद्रा तथा थोक किराना पसलहरुमा अबैध तरिका बाट आएको किराना र दैनिक उपभोगीय समानहरु बिक्री भईरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । तस्करीको समान ल्याएको भएपनि उपभोक्तालाई भने साविककै दरमा विक्री गरेर ठगी गरिरहेको पाइएको छ । एकातिर भन्सार छलीको समान ल्याएको र अर्कोतिर सरकारलाई कर छली गरी उपभोक्तालाई गुण्स्तरहिन समान बिक्री गरिरहेक...

गोरखा दरबारको जगै भत्काइयो, दरबार पुनर्निर्माणमा लापरबाही

गोरखा दरबारको जगै भत्काइयो, दरबार पुनर्निर्माणमा लापरबाही
गोरखा , २२ माघ ।  ऐतिहासिक गोरखा दरबारको जगसम्मै भत्काइएको छ । विसं १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको दरबार २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण गर्न जगैसम्म भत्काइएको हो । पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माणका लागि सुरक्षित स्थलमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । ४ करोड ३७ लाख लागतमा दरबारको पुनर्निर्मा...

कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा – करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा – करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त
विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाईल्यान्डको बुरफा विश्वाविद्यालयमार्फत...

नयाँ रूप फेर्दै कोटेश्वर–कलंकी सडक

नयाँ रूप फेर्दै कोटेश्वर–कलंकी सडक
काठमाडौँ,  २२ माघ । निर्माणाधीन कोटेश्वर–कलंकी (१० किमि) सडक खण्डको काम करिब ६० प्रतिशत सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार सडक खण्डमा पर्ने मुख्य चार पुल निर्माण भइसकेका छन् ।कोटेश्वरदेखि महालक्ष्मीस्थानसम्मको सडकखण्ड करिब–करिब कालोपत्रे भइसकेको छ । महालक्ष्मीस्थानदेखि कलंकी चोकसम्म भने कालोपत्रे हुन बाँकी छ । त्यस्तै सडकको बाँकी भागमा पर्खाल लगाउने काम लगभग सकिएको छ ।ठेकेदार कम्...

अवैध सामान विराटनगर भन्सारमा बुझाईयो

अवैध सामान विराटनगर भन्सारमा बुझाईयो
२१ माघ, मोरङ। ईलाका प्रहरी कार्यालय रानीले आईतबार एक लाख पैतालीस हजार एक सय पचास रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ। “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तरगत नाकाहरुमा निस्किएको गस्ती टोलीले शनिबार भन्सार छलेर चोरी तस्करी गर्दै गरेको अवस्थामा खाधान्न तथा लत्ताकपडाहरु बरामद गरेका थिए। बरामद सामानसंगै ढुवानी कार्यमा प्रयोग भएका साईकल कारवाहीका लागी विराटनगर भन्सार कार्यालयम...

इन्धनबाट प्रदूषण शुल्क ४ अर्ब ६६ करोड संकलन

काठमाडाैं, २१ माघ।  प्रदूषण शुल्क शीर्षकमा इन्धनबाट करिब ४ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष ०६५/६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । उक्त शीर्षकबाट आयल निगमले हालसम्म उक्त रकम संकलन गरेको हो । निगमले पेट्रोल र डिजेलबाट प्रतिलिटर ५०/५० पैसा उठाउँछ । बिक्री परिमाणबाट शुल्क उठाउने हुँदा उक्त रकम सर्वसाधारणले तिर्न बाध्य छन् । प्रदूषण ...

सैतानी ब्याजको पासो: ऋणीलाई घरभित्र थुनेर कुटपिट

सैतानी ब्याजको पासो: ऋणीलाई घरभित्र थुनेर कुटपिट
सर्लाही, २१ माघ ।  चर्को चक्रीय ब्याजदरमा ऋण दिने र ऋणीका नाममा फर्जी कागज बनाएर आर्थिक शोषणको श्रृंखला चलाइरहेका श्याम प्रदेशीले ऋणीलाई मरणासन्न हुने गरी कुटेका छन् । शुक्रबार ऋण तिर्न प्रदेशीको हरिपुर नगरपालिका २ स्थित घर पुगेका रामदयाल महतोलाई उनले घरभित्रै थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । प्रदेशीले सैतानी ब्याजको पासो थापेर ३ सयभन्दा बढी अति विपन्न दलित समुदायमाथि आर्थिक शोषण...
trusted online casino malaysia