सिस्नु र गिठ्ठा खाएर बाँच्छन् चेपाङ परिवार
काठमाडौं । दक्षिणी धादिङको अति विकट ब्रुसबाङ गाउँमा उत्पादित अन्नले खान नपुग्ने भएपछि यहाँका चेपाङ समुदाय सिस्नु, गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न बाध्य भएका छन् । कन्दमूलमा बाँचेको बु्रसबाङलाई अब छाक टार्न पनि मुस्किल भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा पर्ने बु्रसबाङमा ३७ परिवार चेपाङको बसोवास छ ।
भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परे...










