एलइडी बल्ब किन्न सर्वोच्चद्वारा बाटो खुला
काठमाडौं, १८ जेठ । भारतबाट दुई करोड थान एलइडी बल्ब किन्ने तयारी गरेको नेपाल विद्युत् प्राधिकरणलाई प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । सर्वोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्राधिकरणलाई सहज भएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र मिरा खतिवडाको संयुक्त इजलासले बुधबार रिटमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । यसअघि पनि ५ जेठ...









