इन्सोरेन्स र ग्लोबलको साझेदारीमा जीवन विमा योजना

इन्सोरेन्स र ग्लोबलको साझेदारीमा जीवन विमा योजना
१८ फागुन दिलिप साह राजविराज। सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड र ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजको साझेदारीमा सदस्य जीवन विमा अभिमुखीकरण कार्यक्रम बुधवार राजविराजमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहजीकरण गर्दै सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडकी प्रतिनिधि सुवर्णा न्यौपाने खनालले कम्पनीले हाल संचालन गरेको विमा सम्बन्धी निति, पोलिसि र योजनाबारे जानकारी गराउनुभयो । उहाले वि...

बिराटनगरबाट संचालन भयो जुत्ताबजार डट कम

बिराटनगरबाट संचालन भयो जुत्ताबजार डट कम
१८ फागुन, बिराटनगर। अनलाइन बिजनेसको क्रेज भारत लगायत बिभिन्न देशमा निक्कै प्रचलित छ । नेपालमा पनि विशेषगरी काठमाडौँमा चलेको अनलाइन सपिङ्ग कन्सेप्ट अहिले पुर्वमा पनि लोकप्रिय हुदै गएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गरी पूर्वका ५ युवाहरु मिलेर अहिले “जुत्ताबजार डट कम” सुरु गरेका छन् । “जुत्ताबजार” मा जेन्स तथा लेडिजका जुत्ता चप्पलहरु राखिएको छ ।  मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको इन्टरन...

सप्तरीसहित पुर्बको जिल्लाहरुमा ईन्धको अभाब

सप्तरीसहित पुर्बको जिल्लाहरुमा ईन्धको अभाब
१८ फागुन, दिलिप साह राजविराज । ट्याङकर चालक र ढुवानी व्यवसायीहरुको आन्दोलन फिर्ता भएको ५ दिन बितिसक्दा पनि सप्तरी सदरमुकाम राजविराज लगायत कुशाहा,कदमाहा ,कल्याणपुर, बिसनपुर, मलेठ ,शम्भुनाथ ,रुपनी,महुली,भारदह,फत्तेपुर, कंचनपुर र सिरहा सदरमुकाम सिरहा लगायत लहान , मिर्चैया , गोलबजार ,धनुषा , सुनसरी , झापा , मोरंग , उदयपुरका क्षेत्रहरुमा इन्धन अभाव देखिएको छ । सप्तरीको अधिकांश पेट्रोल पम्पमा एक सा...

टेङ्ग्रा खोलाको सिलान्यास भएको पुल अझै निर्माण भएन

टेङ्ग्रा खोलाको सिलान्यास भएको पुल अझै निर्माण भएन
१७ फागुन, सुमन भट्टराई  इटहरी। सुनसरी जिल्लाको इटहरी मुख्य बजार क्षेत्रमा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गतको टेङ्ग्रा खोलाको पक्की पुल साँघुरोसँगै भत्कने जोखिमपूर्ण अवस्थामा पुगेको छ । सवारी सञ्चालनमा देखिएको अवरोधमा कमि ल्याउन चार महिनाअघि सिलान्यास गरेको बैकल्पिक पैदल पक्की पुल निर्माण हुन सकेको छैन । सडक विभागले गत कार्तिक महिनामा नै निर्माण सिलान्यास गरी आगामी बैशाखभित्रमा बनाई सक्ने ग...

आँपको राजधानीमा आँपको मञ्जर किनबेच सुरु

आँपको राजधानीमा आँपको मञ्जर किनबेच सुरु
१६ फागुन, राजविराज दिलिप कुमार साह। आँप किन्न व्यापारीहरु बगैचा धाउने गरेको सबैलाई थहा नै छ तर, आँपको मञ्जर (मुजुरा) किन्न व्यापारीहरु आँपको बगैचा धाउने गरेको सुन्दा जोसुकैलाई आश्चर्य लाग्न सकिन्छ । तर, यही नै वास्तविकता हो । अहिले सप्तरी सहित तराईका जिल्लाहरुमा आँपको मञ्जर खरिद बिक्री व्यापक रुपमा भइरहेको छ । फलफूलको राजा मानिने आँपको बोटमा लागेको मञ्जर अनुसार व्यापारीहरुले दाम (मूल्य) लगाउने ...

कर्मचारी र ट्यांकर मजदुरबीचको वार्ता मिल्यो, आजैदेखि इन्धन ढुवानी सुरु

१२ फाल्गुण विराटनगर । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारी र ट्यांकर मजदुरबीचको वार्ता सकारात्मक भएको छ। आज बिहान भएको वार्ता मिलेसंगै मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । आजैदेखि पूर्वाञ्चलमा इन्धन ढुवानी सुरु गरीएको छ । केही दिनदेखिको ट्यांकर मजदुरहरुको आन्दोलनका कारण पूर्वमा इन्धनको अभाव देखिन थालेको थियो । नेपाल आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यलय विराटनगरमा कार्यरत कर...

ट्याङ्कर मजदुर र आयल निगमबीच कुरा नमिल्दा पूर्वाञ्चलमा इन्धनको अभाव

ट्याङ्कर मजदुर र आयल निगमबीच कुरा नमिल्दा पूर्वाञ्चलमा इन्धनको अभाव
१० फागुन, विराटनगर। ट्याङ्कर मजदुर र आयाल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारी बीचको असमझदारीका कारण पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प भएको छ । ढुवानी समस्याका कारण तिन दिन यता कोशी पहाडी जिल्लामा पेट्रोल र डिजेल अभाव भएको हो । इन्धन अभावका कारण धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा यातायात र ढुवानी प्रभावित बनेको छ भने पुर्बका मोरंग, सुनस...

आयल निगम समस्या विवाद–बार्ता मिलेन

९ फागुन, इटहरी। आर्थिक अनियमितता र पैसाको भरमा पेट्रोल पम्पहरुबाट कमिशन लिएर पेट्रोलियम बस्तु उपलब्ध गराउँदै आएको आरोप लागेको आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरमा उत्पन्न समस्याको आज मजदुर र निगमबीच भएको छलफल र बार्ता मिल्न सकेन । जसको कारण पेट्रोलियम पद्धार्थमा देखिएको समस्याको निकास निक्लन नसकेको मजदुर नेता गौरी लामाले जानकारी दिनुभएको छ । आयल निगमका प्रमुख दिनेशकुमार यादव र अन्य कर्मचारी...

इटहरीमा हिमालयन बैङ्कको भवन उद्घाटन

इटहरीमा हिमालयन बैङ्कको भवन उद्घाटन
९ फागुन, इटहरी। सुनसरीको इटहरीमा आठ बर्ष अगाडी स्थापना भएको हिमालयन बैङ्कले आफ्नै जग्गामा नव निर्मित भवनको उद्घाटन गरेको छ । तीन दर्जन भन्दा बढि नीजि लगानीका बैङ्क तथा तीस करोड बढि कारोवार भएका पन्ध्रभन्दा बढि बचत तथा ऋण सहकारी संस्था एवम सरकारी स्वामित्वका नेपाल बैङ्क लगायतका बैङ्कहरुसँगै आफुलाई स्थापित गरेको बैङ्कहरु मध्ये आफ्नै भवन भएको यस हिमालयन बैङ्कले आफ्नै भवन मार्फत आज बाट बैङ्किङ्ग कार...

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी  पुरा

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी  पुरा
९ फागुन, रोशन पोखरेल  विराटनगर। आगामि फागुन ११ गते बुधबारदेखि विराटनगरमा हुने विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी  पुरा भएको छ । उद्योग संगठन मोरंगको आयोजनामा आर्थिक विकाशको मुल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ विराटनगर ३ शंकरपुरमा हुने प्रदशनिको सम्पुर्ण तयारी पुरा भएको विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी  दिइएको छ । प्रधानमन्त्र...
trusted online casino malaysia