फिल्डमै नभएको जग्गा बिक्री

बुटवल / हुदै नभएको जग्गा बिक्री गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीनजना विरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ ।नापी कार्यालय रुपन्देहीले फिल्डमा नभएको भन्दै रोकेको जग्गा विक्री गर्ने तीनजनाविरुद्ध मुद्दा दायर भएको हो । सिनपा ९ का रमेश कोइराला, विष्णुप्रसाद चौधरी र महेश केसीले जालसावी गरी जग्गा विक्री गरेको प्रहरीको दावी छ ।उनीहरुले फिल्डमा नभएको र नापी कार्यालयले ...

सुन तस्करी काण्ड : नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर

काठमाडौं । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर लगेजमै विदेश लगिने गरेको र त्यस अतिरिक्त विदेशमा काम गर्ने नेपाल...

भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काइने

भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काइने
काठमाण्डाै । भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काईने भएको छ। सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’लाई परामर्शदाताको रुपमा छनौट गरी सिंहदरबारबारे गरिएको अध्ययन समितिले भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनमाथी पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सिंहदरबार नभत्काउने निर्णय गर्दै रेक्ट्रोफिटिङ गर्...

अबको निर्वाचनमा विद्युतीय मतदानको तयारी : ह्याकिङ हुन्छ कि हुँदैन ?

अबको निर्वाचनमा विद्युतीय मतदानको तयारी : ह्याकिङ हुन्छ कि हुँदैन ?
काठमाडौं / निर्वाचन आयोगले अबको निर्वाचनमा विद्युतीय यन्त्र प्रयोगको तयारी गरेको छ । आयोगले कम्तीमा एउटा प्रदेशमा विद्युतीय यन्त्रबाट मतदान गराउन सकिनेबारे दल र सरकारसँग छलफल गरिरहेको छ ।आयोगले दलका शीर्ष नेतालाई विद्युतीय यन्त्रबारे मंगलबार जानकारी गराउँदै नमुना मतदान पनि गराएको छ । आयोगले प्रदर्शनी गराएको विद्युतीय यन्त्रलाई ‘स्मार्टम्याटिक’ भनिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयो...

सुमार्गीको पैसा निस्कनै लाग्यो सुटुक्क

सुमार्गीको पैसा निस्कनै लाग्यो सुटुक्क
काठमाडौं । आम देशवासीले देखाएको चुनावको चिन्ता एकातिर छ । दलबीच यससम्बन्धमा सहमति जुट्न सकेको छैन तर कुनै एउटा व्यापारीको रोक्का रकम फुकुवा गर्न भने लोकमान र खिलराजको नियुक्ति प्रकरणमा झैँ अभूतपूर्व राष्ट्रिय सहमति जुट्लाजस्तो देखिँदै छ । झण्डै ३ अर्ब २९ करोड रकम ३ वर्षदेखि राष्ट्र बैंकले रोकर राखेको छ । ०७० सालदेखि यसरी रोक्का रकम भित्रिने बाटो खोल्न प्रधानमन्त्रीले राष्ट्र बैंकका गभर्नर चिरञ्...

बुढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा

बुढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा
काठमाडौं, २५ माघ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न सरकारले गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयमा ५ अर्ब ५० करोड रुपैयाँ निकासा गरेको छ । दुवै कार्यालयले रकम प्राप्त भएको जानकारी दिँदै प्रभावितलाई तोकिएको दरमा छिट्टै मुआब्जा वितरण गर्ने जनाएका छन् । गोरखातर्फ पहिलो चरणमा घ्याल्चोक, भुम्लीचोक र दर्बुङका प्रभावितलाई मुआब्जा रकम दिइने प्रजिअ जितेन्द्र...

यस्ता छन् विद्युत् क्षेत्रका नयाँ योजना

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएको अर्को हप्ता ५ महिना पूरा हुँदै छ । तर, यो अवधिमा उनले विद्युत् व्यवस्थापनमा गरेको काम भने सबैतिर चर्चाको विषय हुने गरेको छ । जलविद्युत् विकासमा अहिलेजत्तिको उत्साहजनक अवस्था इतिहासमा कहिल्यै नभएको उनको भनाइ छ । यसै सन्दर्भमा सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘औद्योगिक वृद्धिका लागि विद्युत्’ विषयक कार्यक्र...

पशुपतिको जग्गामा भुमाफियाकाे मनपरी..

पशुपतिको जग्गामा भुमाफियाकाे मनपरी..
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाँउदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ । विश्वसम्पदा सूचीकृत धार्मीक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो । स्रोतअनुसार विभिन्न सात संस्था एवं झण्डै दर्जन व्यक्ति...

महानगरीय प्रहरीलाई ३७ वर्षपछि पाँच रोपनी जग्गा

महानगरीय प्रहरीलाई ३७ वर्षपछि पाँच रोपनी जग्गा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित कालीमाटीमा रहेको पाँच रोपनी चार आना जग्गा करिब ३७ वर्षपछि महानगरीय प्रहरी वृत्त कालीमाटीको नाममा आएको छ । सो जग्गा २०३८ सालमा प्रहरी चौकी स्थापनाका लागि सरकारले नेपाल प्रहरीलाई दिएको थियो तर जग्गा मोहीले विवाद सिर्जना गरेपछि सोही जग्गा अस्थायी रूपमा प्रयोग गरी प्रहरी कार्यालय सञ्चालन हुँदै आएको थियो । कालीमाटी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्...

हट्ने भए टेम्पो र माइक्रोबस

काठमाडौं, २४ माघ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ । साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ । पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ । प्रदूषण र ट्राफिक जाम नियन्त्रण ...
trusted online casino malaysia