अाेखलढुंगामा बाँदरविरुद्ध प्रशासनमा उजुरी
अाेखलढुंगा । कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो। बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे।
कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन्। समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली निकै आशा गरेकी थिइन्। पाक्न लागेको मकै बारीमा एक दिन बाँदरको हुलै पसेछ। बजारबाट फर्किएर बारीम...










