बैंक नपुग्दा पैसाकै सिरानी
मुलुकमा २९ वाणिज्य बैँक, ७२ विकास बैँक। ४७ फाइनान्स कम्पनी, ४१ लघु विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था सञ्चालनमा छन्। यिनीहरुको मुख्य काम नै सेवाग्राहीको कमाइको सुरक्षा गर्नु, बचत गर्ने बानी बसाल्नु र आवश्यक परेका बखत ऋणधन उपलब्ध गराउनु हो। पत्याउनु हुन्छ? अझै पनि ३९ प्रतिशत नेपाली भने बैंक तथा वित्तीय संस्थाको पहुँचै राख्दैनन्।
उनीहरु पैसाको सिरानी हालेर सुत्छन्। पैसा धेरै भएर होइन, उन...







