महेन्द्रनगरबाट दिल्लीसम्म सीधा बस सेवा सुरु
१४ पुस महेन्द्रनगर। पश्चिमी सीमावर्ती नेपाली सहर महेन्द्रनगरबाट भारतीय राजधानी दिल्लीसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ ।दुई देशीय सहमति अनुसार महेन्द्रनगरदेखि दिल्लीसम्म नेपाल भारत मैत्री बस सेवा सञ्चालन गरिएको हो । नेपाल र भारतबीच गत वर्ष गड्डाचौकी सहित चार नाकाबाट मैत्री बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो ।
गड्डाचौकी नाकाबाट महाकाली सेती यातायात वस व्यवसायी समिति र भारतको उत्तर प्रदेश परि...











