भारतले दिने भो सस्तोमा बिजुली
कात्तिक १४, काठमाडौं । भारतले यस वर्षको हिउँदमा नेपाललाई गत वर्षभन्दा सस्तोमा बिजुली दिने भएको छ ।
भारतीय उर्जा दलाल कम्पनी पीटीसीले यस वर्षको हिउँदका ६ महिना प्रतियुनिट पाँच रुपैयाँ ६० पैसा(भारु ३.५०) मा बिजुली दिन लागेको हो । गत वर्ष भारतले प्रतियुनिट ६ रुपैयाँ (भारु ३.७५) मा बिजुली दिएको थियो ।
नेपाल विद्युत प्राधिकरणले टनकपुरबाट प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा ३५ मेगावाटसम्म बिजुली खरि...










