सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।
जिल्लाामा ...











