इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा अनुगमन गरिएको छ। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा प्रहरी चौकी चिरौली र स्थानीय पत्रकारहरुको समन्वयमा बजार अनुगमन गरिएको अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवले जानकारी दिइन् ।

पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवका अनुसार चिरौली चौक स्थित रहेको स्थानीय बजारका विभिन्न किराना पसल, मदिरा पसल, हार्डवेयर, औषधि पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको बताइन्।कालोबजारी नियन्त्रण गर्न, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको उपाध्यक्ष सुनिता उराँवले बताइन्।

व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको उनले जानकारी दिइन्। अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिल जस्ता कुराहरु लागू नगरेको पाइएको अनुगमन टोलीका संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले बताइन् ।
सबै व्यवसायीहरुलाई यो महिनाभित्र सम्बन्धित वडामा गएर व्यवसायी दर्ता गराउनको लागि निवेदन दिन जानकारी दिएको उनले बताइन्।सबै व्यापारीहरुलाई दर्ता नविकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुनी कारवाही अगाडि बढाउने बताइन्।

उता अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने दर्जन भन्दाबढी पसलबाट म्याद नाघेका वस्तु बरामद गरिएको प्रशासन शाखा प्रमुख बसन्त प्रभा खनालले बताइन् । उनले बताए अनुसार त्यसमा खाद्य मिति सकिएका खाद्य वस्तु मिन्ट मसला, दालमोट, नरिवल लड्डु, केक, क्रिप्स चिप्स, नागिन, दाल, सुजी, काजु केक, चिउरा,मिठाइ तथा कोल्ड ड्रिङ्क्स पाँच दर्जन बरामद गरिएको बताइन्। स्थानीय चिरौली चौक स्थित रहेको बजारमा बरामद गरिएका अखाद्य वस्तु भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । अनुगमनकै क्रममा भोक्राहा नरसिंह गाउँपालिकाको स्थानीय बजारमा रहेको अंसारी किराना पसल र नाम नखुलेको किराना पसल, पान पसलबाट केही खाद्य वस्तुको नमूना सङ्कलन कार्य गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia