एनटिभीमा क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी

एनटिभीमा क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी
काठमाडौं । नेपाल टेलिभिजनमा सार्वजनिक खरिद ऐन मिचेर क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी भइरहेको छ। स्याटेलाइट ब्यान्डविथ थप गर्न गठित उपसमितिमा राय बाझिएपछि टेलिभिजन नेतृत्वले सीधै खरिद गर्ने तयारी थालेको हो। विभागीय प्रमुखले उपसमितिको प्रतिवेदनविपरीत खरिद गर्न नमानेपछि सञ्चार मन्त्रालयमा सरुवा गरेर सार्वजनिक खरिद ऐनविपरीत सम्झौता गर्ने तयारी भइरहेको ट...

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
काठमाडौँ / नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि नबढाएपछि अख्तियारको भूमिकामाथि प्रश...

ऐलानी जग्गा भूमाफियाले प्लटिङ गरेर बेच्दा पनि प्रशासन मौन

ऐलानी जग्गा भूमाफियाले प्लटिङ गरेर बेच्दा पनि प्रशासन मौन
काठमाडौं । सुनसरी र मोरङको सीमामा रहेको बुढीखोला किनारका ऐलानी जग्गा भूमाफियाले प्लटिङ नै गरी बेच्ने गरेका छन्। संरक्षण गरिनुपर्ने जग्गा धमाधम प्लटिङ भइरहे पनि सरोकारवाला निकाय भने मौन छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा पर्ने बुढी खोलाको बगरै ओगटेर प्लटिङ गरिएको छ। प्लटिङका मुख्य योजनाकार स्थानीय रुद्र अधिकारी हुन्। उनले आफ्नो केही नम्बरी जग्गामा झण्डै एक बिघा ऐलानी जग्गासमेत ओगटेर प्लटिङ गरे...

हुन्डीको रकम आतंकवाद, जाली नोट र मानव तस्करी जस्ता गम्भीर अपराधमा प्रयोग हुन सक्ने

हुन्डीको रकम आतंकवाद, जाली नोट र मानव तस्करी जस्ता गम्भीर अपराधमा प्रयोग हुन सक्ने
काठमाडौं । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै...

१ सातामा २० करोडको तरुल विक्रि, तरुलमा पनि परनिर्भर !

१ सातामा २० करोडको तरुल विक्रि, तरुलमा पनि परनिर्भर !
काठमाडौं । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत ९करिब दुई करोड रुपैयाँको० सिम्मल ९तराई जातको० तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ । ‘अहिले आयात दर भने विस्तारै घट्दो क्र...

उपत्यकामा मात्र २१ हजार सिसि क्यामारा जडान

उपत्यकामा मात्र २१ हजार सिसि क्यामारा जडान
काठमाडौं । मधुसूदन रायमाझी, काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रय...

मेलम्ची खानेपानीको ठेकेदार फेरी सम्पर्क बिहीन

मेलम्ची खानेपानीको ठेकेदार फेरी सम्पर्क बिहीन
काठमाडौं । सुरेश तामाङ, मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्रलगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ । मेलम्ची खानेपानी विकास बोर्डका उप...

स्वदेशमा उत्पादित एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

स्वदेशमा उत्पादित एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी
काठमाडौँ / सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको छ । नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो...

बारीमै पुग्छन सुपारी व्यापारी, दिनभर संकलन रातभरी तस्करी

बारीमै पुग्छन सुपारी व्यापारी, दिनभर संकलन रातभरी तस्करी
काठमाडौं । प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट रातभरी तस्करले भारततर्फ लैजाने गरेका छन्। नेपालले भारतलगायतका तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लग...

शनिबार बैंकका शाखा कार्यालय खुला गर्न राष्ट्र बैंककाे निर्देशन

शनिबार बैंकका शाखा कार्यालय खुला गर्न राष्ट्र बैंककाे निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ। बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय...
trusted online casino malaysia