निगमको लापरवाहीका कारण दशैँमा पेट्रोल पम्पमा लाइन

निगमको लापरवाहीका कारण दशैँमा पेट्रोल पम्पमा लाइन
काठमाडौँ । दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । लको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द गरेको थियो । त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो । शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल...

कांग्रेसका नेताले उठाए वृद्धभत्ताको कुरो,’ पाँच हजार कता पुग्यो ?’

कांग्रेसका नेताले उठाए वृद्धभत्ताको कुरो,’ पाँच हजार कता पुग्यो ?’
काठमाडौं ,२८ असोज। नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले निर्वाचनमा गरेको बाचा पूरा गर्न नसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ओलखढुंगामा चम्पादेवी गाउँपालिकामा आयोजित कार्यक्रममा कांग्रेस नेता खतिवडाले सरकारले जनतालाई महँगीको मारमा पारेको भन्दै आपत्ति जनाएका हुन् ।कार्यक्रममा बोल्दै नेता खतिवडाले भने–‘निर्वाचनका बेला वृद्धभत्ता पाँच हजार पु¥याउने कुरा कता गय...

दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा
काठमाडौं / मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने बताए । उनका अनुसार, ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिने लगायत कानुनी प्रक्रिया पूरा गरिसकिएको छ...

मोरङका ठूला उद्योगीले तिरेनन् ५२ करोड

मोरङका ठूला उद्योगीले तिरेनन् ५२ करोड
विराटनगर / मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ। उक्त कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ  कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो । तर, उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । लामो समयदेखि ...

यो हो सांसद पाल्देन गुरुङको स्याउको बगैचा

यो हो सांसद पाल्देन गुरुङको स्याउको बगैचा
मनाङ, २६ असोज । ङिस्याङ गाउँपालिका १ भ्राताङमा छ, स्याउ फार्म। चार वर्षअघि सांसद पोल्देन गुरुङले ६७ हजार बिरुवा रोपेका थिए। गत वर्ष ३ लाख किलो उत्पादन दिइसकेको फार्मको बिहीबार प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे। यसका लागि मनाङ मस्र्याङ्दी क्लबको ७ सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिइएको छ । स्याउ खेतीले ४ सय २५ रोपनी ओगटेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । इटाली ...

डोजरकाे जगजगी : तराईका फाँटदेखि पहाडका पाखासम्म १४ हजार बाटो खन्दै

डोजरकाे जगजगी : तराईका फाँटदेखि पहाडका पाखासम्म १४ हजार बाटो खन्दै
काठमाडौं । स्थानीय विकासका नाममा तराईका फाँटदेखि पहाडका पाखासम्म डोजर कुदाइएका छन्। देशभर अहिले १३ हजार ६६६ डोजर सञ्चालनमा छन्। यो हिसाबले एक जिल्लामा औसतमा १७७ डोजरले बाटो खनिरहेका छन्। अध्ययनविना र डोजर अपरेटरको ‘इन्जिनियरिङ’मा खनिएका सडकले विकासभन्दा विनास निम्त्याएका छन्। तर, आफैं र नातागोताले सञ्चालन गरेका डोजरले जनप्रतिनिधिलाई व्यक्तिगत फाइदा भइरहेके छ । अाजकाे समाचार नयाँ पत्रिका दैनिकमा...

दशैं टिकट: १६ लाख यात्रु राजधानी बाहिरिए,कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

दशैं टिकट: १६ लाख यात्रु राजधानी बाहिरिए,कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल
काठमाडौं,२५ असोज । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो । घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो– ‘के गर्नु अग्रिम टिकट पूरै प...

साझा यातायातको बस टिकट अनलाइनबाटै काट्न सकिने

साझा यातायातको बस टिकट अनलाइनबाटै काट्न सकिने
साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङको सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुले साझा यातायातको टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज् प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरेका छन् । साझाले बससेवासँगक...

जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने

जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने
काठमाडौँ / जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल...

सुनसरीको राजमार्गमा विभिन्न बहानामा अवैध कर असुली

सुनसरीको राजमार्गमा विभिन्न बहानामा अवैध कर असुली
सुनसरी । सुनसरीको पूर्वपश्चिम राजमार्गमा विभिन्न बहानामा अवैध कर असुली रोकिएको छैन । जिल्ला समन्वय समितिका ठेकेदार भन्दै राजमार्गमा जिल्लाको पश्चिमी नाका भाण्टावारीमा सहितका क्षेत्रमा अवैध कर संकलन भइरहेको हो । स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्लामा उत्पादित बस्तुको अन्य जिल्ला निकासी हुँदा सम्बन्धित जिल्ला विकास समितिले कर लिन पाउने व्यवस्था छ । निकासीका लागि तयारी अवस्थामा रहेको बस्तुको ...
trusted online casino malaysia