मेसीलाई चोट, दुई महिना मैदान बाहिर
बार्सिलोनाका फरवार्ड लियोनल मेसीले चोटका कारण करिब दुई महिना फुटबल मैदानमा देखिने छैनन् । गएराति लस पल्मासविरुद्ध भएको खेलमा मेसीको घुँडाको लिगामेन्ट च्यातिएको छ । खेलमा बार्सिलोना २–१ ले विजयी भएको थियो ।
खेल सुरु भएको तेस्रो मिनेटमै मेसी घाइते भएका थिए । मैदान बाहिरिलगत्तै उनलाई अस्पताल लगिएको थियो ।
चोटका कारण उनी आगामी ८ खेलसम्म मैदान बाहिर हुनसक्छन् । रियल मेड्रिडविरुद्ध नोभेम्बर २२ मा हु...


