
इनरुवा चैत्र ९/स्थानीय साहित्यकाहरुले आज इनरुवामा होली मनाएका छन् ।उनिहरुले व्यङग्यात्मक कविता वाचन गरेर होली मनाएका हुन् ।
एकआपसमा अविर लगाउँदै साहित्यकारहरुले समसामयिक व्यङग्यात्मक कविता वाचन गरेका थिए ।प्रगतिशील लेखक संघ सुनसरीले आयोजना गरेको होली शुभकामना तथा स्रस्टा विचार कार्यक्रममा साहित्यकारहरुले होली सम्वन्धि कविताका साथै मुलुककको वर्तमान अवस्थाका वारे व्यङग्यात्मक धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर बद्री विशाल पोखरेल, साहित्यकारहरु सागर तिम्सिना, डम्बरु बल्लभ भण्डारी, खेमराज खनाल, विमला पोखरेल लगायतकाले होली कविता वाचन गरेका थिए ।कविहरुले सरकारले पहाड र मधेशमा भिन्नाभिन्नै दिन होली पर्व मनाउने परिपाटीको अन्त्य गरी एकैदिन आपसी सद्भाव र खुशियालीमा होली मनाउने वातावरण सीर्जना गराउन आवश्यक रहेकोमा जोड दिएका थिए ।








