
चैत्र १७ इनरुवा /विभिन्न द्धन्द्धका क्रममा वेपत्ता पारिएका व्यक्तिहरुका सवालमा राज्य गम्भिर नभएको आरोप लागिरहँदा अब भने गुनासोको सम्बोधन हुनेमा ढुक्क हुन आयोगले आग्रह गरेको छ ।
वेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्नेअभिप्रायले गठित सरकारी छानविन आयोगका प्रवक्ता डा. विष्णु पाठकले आयोगले पाएको जिम्मेवारी कार्यान्वयनमा सकृय भई लागेकाले गुनासाहरुको सम्बोधन हुने बताउनुभएको हो ।वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बैशाख २ गतेबाट गुनासो उपर सुनुवाईका लागि उजुरी संकलन गर्दैछ ।इनरुवामा स्थानीय शान्ति समिति सुनसरीले आयोजना गरेको पीडित तथा सरोकारवालासंगको अन्र्तकृयाका क्रममा आयोगका प्रवक्ता डा.पाठकले दुई महिनाको समयसीमा भित्र सम्वन्धित परिवारबाट परेका उजुरीका आधारमा आयोगले उत्खनन सम्मको काम गर्न सक्ने जानकारी गराउनुभयो ।
वेपत्ता पारिएका परिवारका सदस्य तथा स्थानीय शान्ति समितिका पदाधिकारीहरुको उपस्थितीमा आयोगले कामको प्रभावकारितालाई जोड दिइरहँदा स्थानीय वेपत्ता पारिएका परिवार तथा हकहीतमा लड्दै आएका सरोकारवाला निकायका प्रतनीधिले भने आयोगको कामको प्रभावकारीता माथि प्रश्न तेर्साएका थिए ।








