bidhyarthi samayojan karyakram
चैत्र १७ इनरुवा / सुनसरीमा तीन विद्यार्थी संगठनवीच समायोजना भएको छ ।इनरुवामा आज आयोजित औपचारिक कार्यक्रमकावीच मधेशी विद्यार्थी फोरम नेपाल, अग्रगामी विद्यार्थी युनियन नेपाल र राष्ट्रिय खस क्षेत्री विद्यार्थी समाजवीच समायोजनाको घोषणा गरिएको हो ।
तीन विद्यार्थी भातृ संगठनवीचको सुनसरी जिल्ला समायोजन पश्चात समाजवादी विद्यार्थी फोरम नेपाल सुनसरी गठन गरिएको छ ।
देशव्यापी संगठन विस्तार सँगै सांगठनिक मजबुतिको क्रममा रहेको समाजवादी विद्यार्थी फोरमको सुनसरीमा विस्तारलाई केन्द्रिय संयोजक अशोक यादवले औपचारिकता दिनुभएको थियो ।विद्यार्थी नेताका साथै मधेशवादी दलका जिल्लास्थित नेताहरुको उपस्थिती रहेको कार्यक्रममा वक्ताहरुले संगठन सुदृढिकरणलाई जोड दिएका थिए ।
नयाँ गठिन समाजवादी विद्यार्थी फोरम नेपाल सुनसरीको अध्यक्षमा मिथलेस यादव चुनिएका छन् । उपाध्यक्षमा बरदान राई, सचिवमा सुमन राई, सहसचिव ब्रम्हदेव यादव र कोषाध्यक्षमा शोभा यादव रहेका छन् । कार्यसमिति ५१ सदस्यीय रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia