lemonade

२१ चैत्र । अमेरिकाको टेक्सास निबासी एक ११ वर्षीया बालिकाले आफ्नो कौशलद्वारा १.१० करोड डलर (करीब १ अर्ब १२ करोड रुपैयाँ) कमाएकी छिन् । मिकाइला उल्मेर नाम गरेकी ती बालिकाले ५५ होल फूड स्टोर्सबाट आफ्नो लेमनेड (कागतीपानी)को ब्रान्डलाई बिक्रीमा राखेर मोलमोलाइ गरेकी थिइन् । ‘बी स्वीट’ नामको उक्त पेय पदार्थ अब टेक्सास, ओकलाहोमा, अरकंसास र लुइसियानाका स्टोर्समा बिक्रीको लागि उपलब्ध हुनेछ । मिकाइलाले एबीसी टिभीको ‘शार्क ट्यांक’ कार्यक्रममा ६० हजार डलर ‘सिड मनी’को रुपमा जितेकी छिन् । उक्त कार्यक्रम नयाँ व्यापारिक आइडिया (उद्यमशीलता)का लागि रकम जित्ने मौका दिन्छ । गुगलका ‘डेयर टू बि डिजिटल क्याम्पेन’को माध्यमबाट मिकाइलाले शो पछि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आफूले बनाएको लेमनेड पनि पिलाएकी थिइन् । मकाइलाले उक्त लेमनेड बनाउने फर्मुला आफ्नै घरमा आफ्नी पुख्र्यौली समयदेखि चलिआएको पकाउने तरिकाबाट थाहा पाएकी थिइन् । उक्त कागतीको पेय पदार्थमा धनियाँ, आलसको तेल र महको पनि प्रयोग गरिएको हुन्छ । मिकाइलाका अनुसार उनलाई यो आइडिया त्यतिबेला फुर्यो जब उनी चार वर्षकी थिइन् । उनलाई त्यतिबेला माहुरीले दुईपटकसम्म चिलेको थियो । एनबिसी न्यूजसँगको कुराकानीमा उनले भनिन्, ‘त्यो बहुत पीडादायक थियो, म माहुरीसँग एकदमै डराउँछु ।’ तर मिकाइलाले जब माहुरीको बारेमा पढ्न सुरु गरिन्, तर उनी माहुरीतर्फ आकर्षित हुन थालिन् । तब उनले सोच्न थालिन्, घरमा बनाइने परम्परागत कागतीपानीलाई महसँग मिलाएर नयाँ केही गर्छु । मिकाइला यो कामबाट भएको कमाईबाट केही काम माहुरीको लागि केही गर्न चाहन्छिन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia